June 16, 2024

एजेन्सी – फिफाले बिहिबार सन् २०२३ को फिफा द बेस्ट अवार्डका लागि मनोनयन सार्वजनिक गर्यो। वर्षको उत्कृष्ट खेलाडी, प्रशिक्षक र गोलरक्षक गरी विभिन्न अवार्डका लागि फिफाले मनोनयन सार्वजनिक गरेको हो।

उत्कृष्ट पुरुष खेलाडीका लागि १२ खेलाडी, उत्कृष्ट प्रशिक्षकका लागि ५ प्रशिक्षक र उत्कृष्ट गोलरक्षकका लागि ५ गोलरक्षकले मनोनयनमा स्थान बनाए। तर पुरुष तर्फको मनोनयनमा विश्वकप विजेता अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी र गोलरक्षक इमिलियानो मार्टिनेज भने मनोनयनमा पर्न सकेनन्।

किन परेनन् मनोनयनमा ?

सन् २०२३ को बेस्ट अवार्डका लागि फिफाले विशेष मुल्यांकन नियम बनाएको छ। सो नियम अन्तर्गत डिसेम्बर १९ देखि अगस्ट २० सम्मको प्रदर्शनका आधारमा खेलाडी र प्रशिक्षकहरुलाई बेस्ट अवार्डका लागि मनोनित गरिएको छ।

विश्वकप फाइनल सकिएपछिको समयलाई मुल्यांकन समयको रुपमा नियममा राखिएका कारण विश्वकप जितेपनि अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनी र गोलरक्षक इमिलियानो मार्टिनेज मनोनयनमा पर्न नसकेका हुन्।

विश्वकप जितेका लियोनेल मेस्सी र जुलियन अल्भारेज मनोनयनमा पर्न सफल छन्। तर दुवै विश्वकपमा गरेको प्रदर्शनका आधारमा मनोनयनमा परेका होइनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *