June 22, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमार आवद्ध साउदी अरेबियन क्लब अल हिलाल साउदी प्रो लिगको शिर्ष स्थानमा उक्लिएको छ। शुक्रबार राति गोल वर्षा गर्दै जित निकालेसंगै अल हिलाल शिर्ष स्थानमा उक्लिएको हो।

शुक्रबार राति अल हिलालले अल रियादलाई ६-१ को गोल अन्तरले पराजित गर्यो। रियाद विरुद्ध अल हिलालले पहिलो हाफमा २ गोल गर्दा दोस्रो हाफमा ४ गोल गर्न सफल भएको थियो।

अल हिलालका लागि सालेम अल्दावसरीले २ गोल गर्दा मालकम, नासेर अल्दावरी, यासर अल-शहरानी र अलेक्सान्दर मिट्रोभिकले एक-एक गोल गरेका थिए। त्यस्तै रियादका लागि भने एक मात्र गोल अली अल जाकानले गरेका थिए।

ब्राजिलियन स्टार नेयमारले रियाद विरुद्ध शुक्रबार डेब्यू गर्ने अवसर पाए। नेयमार वैकल्पिक खेलाडीको रुपमा खेलको ६४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए। उनलाई माइकलको स्थानमा मैदान प्रवेश गराइएको थियो।

नेयमारले रियाद विरुद्धको खेलमा डेब्यू गोल भने गर्न सकेनन्। यधपी नेयमारले डेब्यू खेलमा एक असिस्ट भने दिए। खेलको ८३ औं मिनेटमा अल हिलालका लागि मालकमले गोल गर्दा त्यसको लागि पास नेयमारले नै उपलब्द गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *