June 17, 2024

एजेन्सी – अमेरिकी क्लब इन्टर मियामीले आइतबार बिहान एटलान्टा युनाइटेडको सामना गर्दैछ। मेजर सकर लिगको जारी सिजनको २७ औं खेलमा मियामीले एटलान्टा युनाइटेडको सामना गर्न लागेको हो।

मियामी र एटलान्टा युनाइटेड बीचको खेल एटलान्टा युनाइटेडको घरेलु मैदानमा हुनेछ। मियामी अहिले मेजर सकर लिगको इस्टर्न कन्फरेन्सको १४ औं स्थानमा रहेको छ भने एटलान्टा छैठौं स्थानमा रहेको छ।

मियामीले सिजनका २६ खेल खेल्दा ८ जित निकालेको छ भने १४ खेलमा हार बेहोरेको छ। उता एटलान्टाले भने २८ खेल खेल्दा ११ खेलमा जित निकालेको छ। एटलान्टाले ८ खेलमा हार बेहोरेको छ। एटलान्टा मियामी भन्दा १४ अंकले अगाडी रहेको छ।

मेस्सी खेल्ने सम्भावना कति ?

मेस्सीले अर्जेन्टिनाका लागि विश्वकप छनोटमा एक खेल गुमाएका थिए। विश्वकप छनोटमा इक्वेडर विरुद्ध खेलेपनि मेस्सीले बोलिभिया विरुद्धको खेल भने गुमाएका हुन्। तर मेस्सीले एटलान्टा विरुद्ध भने खेल्न सक्छन्।

खेल अगाडीको पत्रकार सम्मेलनमा मियामीका प्रशिक्षक टाटा मार्टिनोले मेस्सी ठीक रहेको जानकारी दिए। तर उनी खेल्ने नखेल्ने भन्ने कुरा भने खेल अगाडीको अन्तिम प्रशिक्षण अगाडी मात्र टुंगो लाग्ने टाटा मार्टिनोले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *