June 25, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पूर्व क्लब युभेन्टस विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन्। युभेन्टसले तिर्न बाँकी रकम नतिरेपछि रोनाल्डोले इटालियन क्लब विरुद्ध मुद्दा हाल्ने तयारी गरेका हुन्।

इटालीको गजेटा मिडिया मार्फत बाहिर आएका रिपोर्टहरू अनुसार युभेन्टसले रोनाल्डोलाई झन्डै २० मिलियन युरो तिर्न बाँकी रहेको छ र सो रकम नपाएपछि रोनाल्डोले मुद्दा हाल्ने तयारी गरेका छन्।

युभेन्टसले कोरोनाको समयमा आर्थिक संकट आइलागेपछि रोनाल्डोको सो रकम रोकेको र आर्थिक संकटबाट छुटकारा मिलेपछि तिर्ने सहमति भएपनि अहिले सम्म सो रकम नतिरेको बताइएको छ।

रोनाल्डो सन् २०१८ मा रियल म्याड्रिडबाट युभेन्टसमा आवद्ध भएका थिए। त्यसबेला रोनाल्डोले युभेन्टससंग ४ वर्षको लागि सम्झौता गरेका थिए। सम्झौता सकिनु भन्दा अगाडी नै पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका उनी त्यहाँबाट गत वर्ष साउदी पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *