June 16, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आवद्ध साउदी क्लब अल नासर आज एक्सनमा उत्रँदैछ। साउदी प्रो लिगको नयाँ सिजनको छैठौं खेलका लागि अल नासर एक्सनमा उत्रन लागेको हो।

अल नासरले आज राति अल रैदको सामना गर्नेछ। अल नासर साउदी प्रो लिगको सातौँ स्थानमा छ भने अल रेड १५ औं स्थानमा छ। अल नासरले पछिल्ला तीन खेलमा निरन्तर जित निकालेको छ।

नयाँ सिजनका दुई खेलमा अपराजय भोग्दा अल नासरले ९ अंक बनाएको छ। त्यस्तै अल रैदले भने पाँच खेल मद्ये एक खेलमा मात्रै जित निकालेको छ। एक बराबरी र ३ हार सहित उसले ४ अंक बनाएको छ।

अल रैद विरुद्ध रोनाल्डो सहितको टोली सानदार जित निकाल्ने दाउमा हुनेछ। रोनाल्डोले पछिल्ला खेलहरुमा उच्च प्रदर्शन गरेका छन्। नयाँ सिजनमा एक ह्याट्रिक सहित गोल गरिसकेका उनी रैद विरुद्ध पनि उच्च प्रदर्शन गर्ने योजनामा रहनेछन्।

अल रैद र अल नासर बीचको खेल किंग अब्दुल्ला स्पोर्ट सिटी स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार रातको ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन १ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *