June 22, 2024

एजेन्सी – ब्राजिलियन स्टार नेयमारले शुक्रबार राति आफ्नो नयाँ क्लब अल हिलालका लागि डेब्यू गरे। गत महिना अल हिलाल आवद्ध भएका नेयमारले शुक्रबार राति अल रियाद विरुद्धको खेलमा डेब्यू गरेका हुन्।

अल रियाद विरुद्धको खेलमा सुरुवाती ११ मा पर्न नसकेपनि नेयमारले बेन्चबाट डेब्यू गरे। नेयमार खेलको ६४ औं मिनेटमा मैदान प्रवेश गरेका थिए। नेयमारका लागि डेब्यू सुखद नै रह्यो। गोल गर्न नसकेपनि उनले एक असिस्ट प्रदान गरे।

नेयमारले डेब्यूमा अल हिलाल समर्थकको राम्रो साथ पाए। ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको शिर्ष गोलकर्ता बनेका नेयमारको सम्मान स्वरूप अल हिलाल समर्थकले ‘नेयमार ब्राजिलको शीर्ष गोलकर्ता हुन्’ भन्ने ब्यानर पनि प्रदर्शन गरेका थिए।

त्यति मात्र होइन पेनाल्टीको अवसर प्राप्त गर्दा अल हिलाल समर्थकले नेयमारलाई पेनाल्टी प्रहार गर्न आवाज समेत उठाए। तर नेयमारले सालेम अल दसारीलाई प्रहार गर्न दिए।

क्लबका समर्थकले नेयमारले पेनाल्टी नहान्दा निराशा व्यक्त गरेका गरेका थिए। जे होस पेरिस सेन्ट जर्मेन(पिएसजी)मा खासै समर्थकको साथ पाउन नसकेका नेयमारले अल हिलालमा भने समर्थकको राम्रो साथ र सम्मान पाउने निश्चित देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *