June 16, 2024

एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार पाँचौ जित निकालेको छ। शनिबार सिटीले प्रिमियर लिगको जारी सिजनको पाँचौ खेलमा वेष्ट ह्याम युनाइटेड विरुद्ध पुनरागमन जित निकालेको हो।

वेष्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा सिटी ३-१ को गोल अन्तरले विजयी भयो। खेलको सुरुवातमै पछि परेपनि सिटीले दोस्रो हाफमा तीन गोल गर्दै कम्ब्याक गर्यो।

खेलको ३६ औं मिनेटमा जेम्स वार्ड-प्रोसको गोलबाट वेष्ट ह्यामले अग्रता लिएको थियो। तर सिटीले दोस्रो हाफको पहिलो मिनेटमै बराबरी गोल फर्कायो। सो गोल जेरेमी डोकुले गरेका थिए। उनले जुलियन अल्भारेजको पासमा गोल गरेका थिए।

सिटीका लागि दोस्रो गोल बर्नार्डो सिल्भाले गरे। उनले खेलको ७६ औं मिनेटमा गोल गर्दा सिटी २-१ ले अगाडी बढ्यो। सो गोलका लागि पनि अल्भारेजले नै पास उपलब्ध गराएका थिए।

सिटीका लागि तेस्रो गोल नर्वेली युवा स्टार एर्लिङ हालाण्डबाट आयो। उनले बर्नार्डो सिल्भाको पासमा गोल गरेका थिए। यस जितसंगै सिटी शिर्ष स्थानमा कब्जा जमाउन सफल भएको छ। सिटीले सिजनका पाँच खेलबाट १५ अंक बनाएको छ। पराजित वेष्ट ह्याम १० अंक सहित छैठौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *