June 22, 2024

एजेन्सी – स्पेनिस लालिगामा गोलवर्षा गर्दै बार्सिलोना शिर्षस्थानमा उक्लिएको छ। शनिबार राति रियल बेटिस विरुद्धको खेलमा गोलवर्षा गर्दै बार्सिलोना शिर्ष स्थानमा उक्लिएको हो।

बार्सिलोनाले घरेलु मैदानमा गएराति रियल बेटिस विरुद्ध ५-० को सानदार जित निकाल्यो। पहिलो हाफमा दुई र दोस्रो हाफमा तीन गरी बार्सिलोनाले बेटिस विरुद्ध ५ गोल गर्दा कुनै पनि गोल बेहोरेन।

खेलको २५ औं मिनेटमै जोआओ फेलिक्सको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। खेलको ३२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले बार्साको अग्रता दोब्बर पारे। खेलको ६२ औं मिनेटमा बार्सिलोनाको अग्रता तेब्बर भयो।

सो गोल फेरान टोरेसले गरेका थिए। त्यसपछि ६६ औं मिनेटमा राफिन्हाले बार्सिलोनाका लागि चौंथो गोल गरे। बार्सिलोनाका लागि पाँचौ गोल खेलको ८१ औं मिनेटमा जोआओ क्यान्सेलोको तर्फबाट आयो।

यस जितसंगै बार्सिलोना रियल म्याड्रिडलाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले सिजनका ५ खेल मद्ये ४ खेलमा जित निकालेको छ भने एक खेलमा बराबरी खेल्दै १३ अंक बनाएको छ। पराजित बेटिस २ जित र २ हार सहित ७ अंक बटुलेर ९ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *