June 25, 2024

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लामो समयपछि फ्रिकिक गोल निकाल्न सफल भएको छ। शनिबार राति रियल बेटिस विरुद्धको खेलमा बार्सिलोनाले लामो समय पछि फ्रिकिकमा गोल गर्न सफल भएको हो।

अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले सन् २०२१ मा फ्रिकिक गोल गरेयता कुनै पनि बार्सा खेलाडीले सिधै फ्रिकिकमा गोल गर्न सकेका थिएनन्। तर शनिबार स्पेनिस फरवार्ड फेरान टोरेस फ्रिकिक गोल गर्न सफल भए।

सन् २०२१ मा मेस्सीले भ्यालेन्सिया विरुद्ध फ्रिकिक गोल गरेपछिको पहिलो फ्रिकिक गोल टोरेसबाट आयो। स्पेनिस स्ट्राइकरले २० यार्डभन्दा बाहिरबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भयो।

डाइरेक्ट फ्रिकिक गोल गर्न बार्सिलोनालाई दुई वर्ष भन्दा बढी समय लाग्यो। दुई वर्षमा बार्सिलोनाले ४१ फ्रिकिकको अवसर पाएको थियो। तर कुनै पनि फ्रिकिकलाई सिधै गोलमा परिणत गर्न बार्सिलोनाले सकेको थिएन।

शनिबार राति भएको खेलमा रियल बेटिसलाई ५–० गोल अन्तरले पराजित गर्दै क्याटलान जाइन्ट्स शिर्ष स्थानमा उक्लिएको छ। टोरेसका अलावा रोबर्ट लेवान्डोस्की, राफिन्हा, जोआओ फेलिक्स र जोआओ क्यान्सेलोले पनि गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *