June 14, 2024

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले सिजनको तेस्रो हार बेहोरेको छ। युनाइटेडले शनिबार राति घरेलु मैदानमै सिजनको तेस्रो हार बेहोरेको हो। शनिबार राति युनाइटेडलाई ब्राइटन एन्ड होभ आल्बियनले नमिठो हार चखायो।

खेललाई पूरै नियन्त्रणमा राख्दै ब्राइटनले युनाइटेडलाई ३-१ को गोल अन्तरले पराजित गर्यो। ब्राइटनका लागि युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेक, पास्कल ग्रस र जोआओ पेड्रोले गोल गर्दा युनाइटेडका लागि एक मात्र गोल ह्यानिबल मेज्ब्रीले गरेका थिए।

वेलबेकको गोलबाट ब्राइटनले खेलको २० औं मिनेटमै अग्रता लिएको थियो। त्यसपछि पहिलो हाफमा कुनै पनि गोल भएनन्। दोस्रो हाफमा ब्राइटनबाट २ गोल तथा युनाइटेडबाट एक गोल भए।

खेलको ५३ औं मिनेटमा ग्रसले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे। खेलको ७१ औं मिनेटमा पेड्रोले गोल गरेसंगै ब्राइटनले ३-० को अग्रता लियो। त्यसको २ मिनेट नबित्दै युनाइटेडले एक गोल गर्यो।

युनाइटेड माथिको जितसंगै ब्राइटन चौथो स्थानमा उक्लिएको छ। ५ खेलमा ४ जित र १ हार सहित ब्राइटनले १२ अंक बटुलेको छ। त्यस्तै पराजित युनाइटेड भने २ जित र ३ हार सहित ६ अंक सहित १३ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *