June 25, 2024

एजेन्सी – साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डो र साडियो मानेको जोडी निरन्तर उच्च प्रदर्शन गरिरहेको छ। माने र रोनाल्डो दुवै अल नासरका लागि निरन्तर गोल गरिरहेका छन्।

माने यसै सिजन जर्मन क्लब बायर्न म्युनिखबाट अल नासर आइपुगेका हुन्। अल नासर आएलगत्तै उनी रोनाल्डोसंग मिलेर साउदी क्लबलाई निरन्तर जित दिलाइरहेका छन्। माने र रोनाल्डो दुवैको उच्च प्रदर्शनले अल नासरलाई पछिल्ला चार खेलमा चार जित दिलाएको छ।

पछिल्ला चार खेलमा दुवैले गोल गरेका छन् र सबै खेल अल नासरले जितेको छ। रोनाल्डोले साउदी प्रो लिगमा रोनाल्डोले यस सिजन ७ गोल गरिसकेका छन्। रोनाल्डो साउदी प्रो लिगका शिर्ष गोलकर्ता हुन्।

त्यस्तै माने भने साउदी प्रो लिगका दोस्रो शिर्ष गोलकर्ता हुन्। उनले साउदी प्रो लिगमा ६ गोल गरिसकेका छन्। सिजनका सुरुवाती २ खेलमा पराजय भोगेपनि रोनाल्डो र मानेको जोडी जम्दा अल नासर सन्तुलित देखिएको छ।

अल नासरले शनिबार राति अल रैद विरुद्ध जित निकाल्यो। सो खेलमा रोनाल्डो र माने दुवैले गोल गरे। सो खेल अल नासरले ३-१ को गोल अन्तरले जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *