June 22, 2024

एजेन्सी – अर्जेन्टिना र एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेज सन् २०२३ को बालोन डी’ओर लियोनेल मेस्सी जित्नेमा ढुक्क छन्। एक कुराकानीका क्रममा बालोन डी’ओर बारे प्रश्न गरिँदा मेस्सीले जित्नेमा उनी ढुक्क देखिए।

बालोन डी’ओरको मनोनयनमा समेत रहेका मार्टिनेजले यस पटकको बालोन डी’ओर मेस्सीले जित्छन् भन्ने कुरा आफूहरुलाई थाहा भएको बताए। बालोन डी’ओर मनोनयनमा परेकोमा उनले गर्व लागेको बताउन पनि छुटाएनन्।

“हामीलाई थाहा छ बालोन डी’ओर कसले जित्ने छ। हाम्रो साथी मेस्सीले जित्नेछन्।”,मार्टिनेजले बालोन डी’ओर विजेता बारे आफ्नो धारणा राख्दै स्पष्ट रुपमा भने।

यस वर्षको बालोन डी’ओरका लागि मेस्सी र नर्वेली युवा स्टार एर्लिङ हालाण्ड बीच प्रतिष्पर्धा हुने पक्का छ। मेस्सीले विश्वकप जित्दा हालाण्डले म्यानचेस्टर सिटीसंग ट्रेबल जितेका थिए।

हालाण्डले सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप दिलाउन महत्वपूर्ण भूमिका निभाएका थिए। सिजनभर गोल गर्दै उनले प्रिमियर लिग र च्याम्पियन्स लिग गोल्डेन बुट समेत जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *