June 22, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको नयाँ सिजनको सुरुवाती चरणमै लिगको गोल्डेन बुट जित्ने संकेत देखाएका छन्। साउदी क्लब अल नासरका लागि निरन्तर गोल गर्दै रोनाल्डोले साउदी प्रो लिग गोल्डेन बुट जित्ने संकेत देखाएका हुन्।

साउदी प्रो लिगको जारी सिजनमा रोनाल्डोले अल नासरका लागि ७ गोल गरिसकेका छन्। उनले मात्र ५ खेलमा ७ गोल गरेका हुन्। रोनाल्डोको नाममा ४ असिस्ट पनि छ।

रोनाल्डो साउदी प्रो लिगको जारी सिजनको शिर्ष गोलकर्ता हुन्। उनलाई अल हिलालका सलेम अल दवासारी र अल नासरकै साडियो मानेले पछ्याइरहेका छन्। दुवै खेलाडीको समान ६ गोल छ।

तर दुवैले रोनाल्डो भन्दा एक खेल बढी खेलेका छन्। गत सिजन रोनाल्डोले अल नासरका लागि साउदी प्रो लिगका १६ खेलमा १४ गोल गरेका थिए। सन् २०२२-२३ को सिजनम पूरा सिजन फुटबल नखेलेका कारण गोल्डेन बुट जित्न नसकेका रोनाल्डो यस सिजन भने पक्कै पनि गोल्डेन बुटको शिर्ष दाबेदार हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *