June 14, 2024

एजेन्सी – आइतबार बिहान अमेरिकी क्लब इन्टर मियामीले एटलान्टा युनाइटेडसँग नमिठो हार बेहोर्यो। अर्जेन्टिनी स्टार लियोनेल मेस्सीको अनुपस्थितिमा मियामी एटलान्टा युनाइटेडसँग ५-२ को गोल अन्तरले पराजित हुन पुगेको हो।

मियामी समर्थकलाई एटलान्टा युनाइटेडसंगको हारले त दुखि बनायो नै, मेस्सीको खेल हेर्न नपाउँदा निराश पनि बनायो। मेस्सीको खेल हेर्न भनेर महँगोमा टिकेट किनेर खेल हेर्न पुगेका धेरै मियामी समर्थक निराश भएर फर्किए।

एटलान्टाको मर्सिडीज-बेन्ज स्टेडियममा भएको खेलको टिकेटको सबै भन्दा सस्तो मूल्य नै १ सय ५० डलर थियो। मेस्सीको खेल हेर्नको लागि मियामी र एटलान्टाका समर्थकले महँगोमा टिकेट काटेपनि मेस्सीको खेल हेर्न पाएनन्।

किनभने अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्दा लागेको चोटका कारण मेस्सीलाई टोलीमा राखिएको थिएन। टाढा-टाढाबाट आएका फुटबल प्रेमीहरुले एक मिडियासंगको कुराकानीका क्रममा मेस्सीको अनुपस्थितिलाई लिएर दुख जनाए।

“हामी मेम्फिसबाट आएका हौँ। यो पाँच घण्टाको ड्राइभ थियो। तर मेस्सी नहुँदा मज्जा आएन।”,एक समर्थकले सो मिडियासंग भने। अर्काले भने,”म विक्षिप्त भएँ। साँच्चै मलाई दुख लागेको छ। म मेस्सी हेर्न आएको थिएँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *