June 22, 2024

एजेन्सी – साउदी पुगेको एक महिना भन्दा बढी समय पश्चात अल हिलाल डेब्यू गरेका नेयमार पुनः घाइते भएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार नेयमारलाई सामान्य चोट लागेको छ।

चोट खासै गम्भीर नभएपनि उनले केहि खेल गुमाउन सक्ने सम्भावना कायमै छ। नेयमारले अल रियाद विरुद्धको खेलमा शुक्रबार राति मात्रै अल हिलालका लागि डेब्यू गरेका थिए।

सो खेलकै क्रममा नेयमारले असहज महसुस गरेको बताइएको छ। एक पत्रकार सम्मेलनका क्रममा अल हिलालका प्रशिक्षक जर्ज जेससले नेयमार र माइकललाई थोरै असुविधा रहेको जानकारी दिए।

“आजको प्रशिक्षण पछि, हामी खेलको सूचीमा हुने पाँच विदेशी स्टारहरू तय गर्नेछौं। नेयमार र माइकललाई थोरै असुविधा छ र हामीले उनीहरू खेल खेल्नको लागि १०० प्रतिशत तयार छन् भनी सुनिश्चित गर्नुपर्छ।”,एसियन च्याम्पियन्स लिगको खेल अगाडी जेससले भने।

अल-हिलालले सोमबार महाद्वीपीय प्रतियोगितामा नवपाखोरको सामना गर्दैछ। तर नेयमारले सो खेल गुमाउन सक्ने सम्भावना छ। पेरिस सेन्ट जर्मेन छाडेर साउदी अरब गएपछि डेब्यू अगाडी नेयमारले मांसपेशीको समस्याले गर्दा चार खेल गुमाउनु परेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *