June 25, 2024

एजेन्सी – समर ट्रान्सफर विन्डोमा रियल म्याड्रिड आइपुगेका इंग्लिस मिडफिल्डर जुड बेलिङ्घम पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्ने अवसरमा चुकेका छन्। आइतबार राति रियल सोसिडाड विरुद्धको खेलमा बेलिङ्घमले रोनाल्डोलाई पछि पार्ने अवसर गुमाएका हुन्।

आइतबार राति रियल सोसिडाड विरुद्धको खेलमा बेलिङ्घमले गोल गर्न सकेनन्। लगातार चार खेलमा रियलका लागि गोल गरेका बेलिङ्घमले आइतबार राति गोल गर्न असफल भए।

यदि गोल गर्न सकेको भए उनले रोनाल्डोलाई पछि पार्दै नयाँ रेकर्ड बनाउने थिए। तर त्यसो हुन सकेन। इन्टरनेसनल ब्रेक अगाडी गेटाफे विरुद्धको खेलमा गोल गरेसंगै बेलिङ्घम रियलका लागि डेब्यू सिजनका सुरुवाती चार खेलमा लगातार गोल गर्ने दोस्रो खेलाडी बनेका थिए।

रोनाल्डोले पनि डेब्यू सिजनमा रियलका लागि चार खेलमा गोल गरेका थिए। आइतबार राति रियल सोसिडाड विरुद्धको खेलमा गोल गरेको भए रियलका लागि डेब्यू सिजनका लगातार पाँच खेलमा गोल गर्ने पहिलो खेलाडी बेलिङ्घम बन्न सक्थे।

बेलिङ्घमले रियलका लागि लालिगाका ५ खेलमा ५ गोल गरिसकेका छन् भने एक असिस्ट पनि दिएका छन्। आइतबार रियलले सोसिडाडलाई २-१ को गोल अन्तरले पराजित गर्यो। रियलको जितमा फेडेरिको भेलभार्डे र जोसेलुले गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *