June 16, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल हिलाल एएफसी च्याम्पियन्स लिगको पहिलो खेलमा जित निकाल्न असमर्थ भएको छ। साउदी प्रो लिगको जारी सिजनमा उच्च प्रदर्शन गरिरहेको अल हिलाल एसियन च्याम्पियन्स लिगमा भने घरेलु मैदानमै रोकिन पुगेको हो।

सोमबार राति भएको खेलमा अल हिलालले ज्बेकिस्तानको क्लब नभबाहोरसँग १-१ को बराबरी खेल्यो। अल हिलालले ज्बेकिस्तानको क्लब नभबाहोरसँग बराबरीको नतिजा निकाल्न पनि संघर्ष फर्ना परेको थियो।

पहिलो हाफमा कुनै टोलीबाट गोल नभएपनि दोस्रो हाफको सुरुवाती समयमै पाहुना टोलीले गोल गर्दै अग्रता लिन सफल भएको थियो। सो गोल खेलको ५२ औं मिनेटमा टोमा टाबाटाजेले गरेका थिए।

त्यसपछि अल हिलालले निरन्तर गोल निकाल्ने प्रयास गरेपनि नभबाहोरको डिफेन्स बाधक बन्यो। निर्धारित ९० मिनेट सकिएर थप भएको १० औं मिनेटमा अलि अल्बूलायाहीले गोल गरेपछि मात्रै अल हिलालको हार टर्यो।

खेल बराबरीमा टुंगिएसंगै अल हिलाल र नाभबाहोरले एक एक अंक बाँडेका छन्। सोमबार नै भएको खेलमा इरानी क्लब नास्सजी माजा भारतको मुम्बई सिटीलाई २-०को गोल अन्तरले पराजित गर्दै समूहको शिर्ष स्थानमा उक्लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *