June 17, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आज राति च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डको सामना गर्दैछ। पिएसजीले घरेलु मैदानमा आज राति डर्टमण्डको सामना गर्न लागेको हो।

च्याम्पियन्स लिगको जारी सिजनको सबै भन्दा कठीन समूहमा राहेका यी दुई टोली बीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ। दुवै टोली आज जित निकाल्दै च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्ने योजनामा हुनेछन्।

पिएसजीले फ्रेन्च लिग वानको पछिल्लो खेलमा पराजय भोगेको थियो। निस विरुद्धको खेलमा एम्बाप्पेले दुई गोल गरेपनि पिएसजी ३-२ को गोल अन्तरले पराजित हुन पुगेको थियो। पिएसजी पक्कै पनि सो हार भुलाउने गरी डर्टमण्ड विरुद्ध जित निकाल्ने प्रयासमा हुनेछ।

त्यस्तै डर्टमण्डले भने जर्मन लिगको पछिल्लो खेलमा फ्रीबर्गलाई पराजित गरेको थियो। दुई टोली बीच चार खेलमा भएको भेटमा पिएसजी र डर्टमण्ड दुवैले एक-एक खेल जितेका छन् भने दुई खेल बराबरीमा टुंगिएको छ।

डर्टमण्ड र पिएसजी बीच च्याम्पियन्स लिगमा सन् २०१९-२० को सिजनमा भेट भएको थियो। त्यस सिजन अन्तिम १६ मा भेट हुँदा पहिलो लेगमा पिएसजी २-१ को गोल अन्तरले पराजित भएको थियो भने घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा २-० को विजयी हुँदै क्वाटरफाइनल प्रवेश गरेको थियो। त्यस सिजन पिएसजी फाइनल सम्म पुगेको थियो।

पिएसजी र डर्टमण्ड बीचको खेल नेपाली समय अनुसार रातको १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन २ मा प्रतक्ष्य हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *