June 14, 2024

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा बार्सिलोना सानदार जित निकालेको छ। मंगलबार राति क्याटलान क्लब बार्सिलोनाले च्याम्पियन्स लिगमा बेल्जियन क्लब एन्टवेर्प विरुद्ध सानदार जित निकालेको हो।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले गोलवर्षा गर्दै खेल एकपक्षिय रुपमा जित्यो। बार्सिलोनाले एन्टवेर्पलाई ५-० को गोल अन्तरले पराजित गर्यो। बार्सिलोनाको अगाडी एन्टवेर्प निरिह देखिन पुगेको थियो।

बार्सिलोनाको जितमा पोर्चुगिज युवा खेलाडी जोआओ फेलिक्सले दुई गोल गरे। त्यस्तै रोबेर्ट लेवानडोस्की र गाभीले पनि एक-एक गोल गर्दा बार्सिलोनाले एक गोल भने उपहारमा पायो।

खेलको ११ औं मिनेटमा फेलिक्सले अग्रता दिलाए। १९ औं मिनेटमा लेवानडोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। खेलको २२ औं मिनेटमा पाहुना टोलीले आत्मघाती गोल गर्दा खेल ३-० को अवस्थामा पुग्यो।

त्यस्तै खेलको ५ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनाको अग्रता चौब्बर बनाए। बार्सिलोनाका लागि पाँचौ गोल फेलिक्सबाट आयो। उनले खेलको ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *