June 16, 2024

एजेन्सी – च्याम्पियन्स लिग उपाधि रक्षाको अभियानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीले सुखद सुरुवात गरेको छ। सिटीले च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा सिटीले सहज जित निकालेको हो।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले सर्बियन क्लब एफके कर्भेना भेजदालाई ३-१ को गोल अन्तरले पराजित गर्यो। सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरे भने रोड्रीले एक गोल गरे।

त्यस्तै पाहुना टोलीका लागि एक मात्र गोल ओसमान बुकारीले गरेका थिए। पाहुना टोलीले बलमा कम नियन्त्रण राखेपनि पहिलो हाफमै अग्रता लिन सफल भएको थियो। पहिलो हाफको अन्तिम समयमा ओसमान बुकारीले गोल गरेसंगै सिटी १-० ले पछि परेको थियो।

खेलको ४७ औं मिनेटमा गोल गर्दै अल्भारेजले खेललाई बराबरीमा ल्याए। उनैले खेलको ६० औं मिनेटमा गोल गर्दा सिटी २-१ ले अगाडी बढ्यो। पछि खेलको ७३ औं मिनेटमा रोड्रीले गोल गरे।

सिटीले खेलभर बलमा ७६ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर सिटीको तर्फबाट ३७ प्रहार भएका थिए। जसमद्ये १६ प्रहार टार्गेटमा थिए। सिटीका लागि गोल गर्न नसकेपनि युवा स्टार एर्लिङ हालाण्डले एक असिस्ट दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *