June 14, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का प्रशिक्षक लुइस एनरिकले किलियन एम्बाप्पे विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका छन्। च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई पराजित गरेपश्चात लुइस एनरिकले एम्बाप्पे विश्वकै उत्कृष्ट खेलाडी रहेको दावी गरेका हुन्।

मंगलबार राति पिएसजीले बोरुसिया डर्टमण्डको सामना गर्यो। घरेलु मैदानमा भएको खेलमा पिएसजीले डर्टमण्ड विरुद्ध २-० को जित निकाल्यो। पिएसजीको जितमा एम्बाप्पेले पनि गोल गरे। उनले पिएसजीका लागि पेनाल्टीमा गोल गरेका थिए।

खेल पश्चात पत्रकारहरुसंग कुराकानी गर्नेक्रममा एनरिकले एम्बाप्पेको प्राविधिक गुण मात्र नभई मानवीय गुणले पनि आफूलाई प्रभावित गरेको सुनाए। एनरिकले एम्बाप्पेलाई एक लिडरको संज्ञा दिए।

“मलाई विश्वास गर्नुस् – एमबाप्पे विश्वको उत्कृष्ट खेलाडी हुन्। प्राविधिक सीप भन्दा बढी मलाई प्रभावित गरेको कुरा भनेको उनको मानवीय गुण हो। उनलाई सिङ रुममा पाउनु खुसीको कुरा हो। उनी एक लिडर हुन्, जसको मुहारमा एक मुस्कान हन्छ।”,एनरिकले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *