June 17, 2024

एजेन्सी – विश्वकप विजेता अर्जेन्टिनाका युवा स्टार जुलियन अल्भारेज उच्च लयमा छन्। म्यानचेस्टर सिटीका लागि नयाँ सिजन सुरु भएयता उनले धेरै राम्रो प्रदर्शन गरिरहेका छन्।

उनले सिटीका लागि २०२३-२४ को सिजन सुरु भएयता ८ गोलको योगदान दिसकेका छन्। अल्भारेजले ४ गोल र ४ असिस्ट गरी ८ गोलको योगदान दिएका हुन्। उनले प्रिमियर लिगमा २ गोल गरेका छन् भने ४ असिस्ट दिएका छन्।

मंगलबार राति च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा पनि उनले उच्च प्रदर्शन गरे। सिटीले सर्बियन टिम रेडस्टार बेलग्रेडको सामना गर्दा अल्भारेजले दुई गोल गर्न सफल भए।

उनको महत्वपूर्ण दुई गोलमा सिटीले कम्ब्याक गर्यो। अल्भारेजले खेलको ४७ औं र ६० औं मिनेटमा गोल गरेका हुन्। सिटी पछि परेको अवस्थामा अल्भारेजले एर्लिङ हालाण्डको पासमा गोल गर्दै खेललाई बराबरी ल्याएका थिए।

पछि उनले नै सिटीलाई अग्रता दिलाए। खेलको ६० औं मिनेटमा उनले फ्री किकमा गोल गर्न सफल भएका थिए। उनले लिएको फ्री किकले सिधै गोलपोस्ट चुमेको थियो।

गत सिजन अल्भारेजलाई सिटीले धेरै जसो खेलमा विकल्पिक खेलाडीको रुपमा प्रयोग गरेको भएपनि यस सिजन भने उनले पूरा समय खेल्न पाइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *