June 17, 2024

एजेन्सी – च्याम्पियन्स लिगको नयाँ सिजन अन्तर्गत सर्बियन टिम रेडस्टार बेलग्रेड विरुद्धको खेलमा अर्जेन्टिनी युवा स्टार जुलियन अल्भारेजले सानदार प्रदर्शन गरे। उनकै उच्च प्रदर्शनमा सिटीले पुनरागमन जित निकाल्न सक्यो।

अल्भारेजले सर्बियन टिम रेडस्टार बेलग्रेड विरुद्ध आइतबार राति २ गोल गरे। अल्भारेजले खेलको ४७ औं र ६० औं मिनेटमा गोल गरेका हुन्। सिटी पछि परेको अवस्थामा अल्भारेजले एर्लिङ हालाण्डको पासमा गोल गर्दै खेललाई बराबरी ल्याएका थिए।

पछि उनले नै सिटीलाई अग्रता दिलाए। खेलको ६० औं मिनेटमा उनले फ्री किकमा गोल गर्न सफल भएका थिए। उनले लिएको फ्री किकले सिधै गोलपोस्ट चुमेको थियो।

फ्री किकमा गोल गरेसंगै अल्भारेज च्याम्पियन्स लिगमा फ्री किक गोल गर्ने मेस्सी पछिकै कान्छा खेलाडी बने। आइतबार फ्री किक गोल गर्दा अल्भारेजको उमेर २३ वर्ष २३१ दिन थियो।

मेस्सीले भने च्याम्पियन्स लिगमा पहिलो पटक फ्री किक गोल सन् २००९ मा डायनामो किभ विरुद्धको खेलमा गरेका थिए। त्यसबेला मेस्सीको उमेर २२ वर्ष १६८ दिन थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *