June 14, 2024

एजेन्सी – अमेरिकी क्लब इन्टर मियामीले बिहिबार बिहान मेजर सकर लिग अन्तर्गत सिजनको २८ औं खेल खेल्दैछ। मियामीले बिहिबार बिहान घरेलु मैदानमा टोरन्टो एफसीको सामना गर्न लागेको हो।

मियामी यति बेला मेजर सकर लिगको पूर्वी सम्मेलन तर्फ १४ औं स्थानमा छ। सिजनका २७ खेल खेल्दा उसले मात्रै आठ खेलमा जित निकाल्दा १५ खेलमा हार बेहोरेको छ। मियामीले आइतबार बिहान एटलान्टा युनाइटेडसँग ५-२ को गोल अन्तरले पराजित भएको थियो।

मियामी बिहिबार बिहान पक्कै पनि जितको खोजिमा हुनेछ। मेजर सकर लिगको प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राख्न मियामीलाई कुनै पनि हालतमा जित आवश्यक पर्नेछ। मियामी र टोरन्टो बीचको खेल बिहिबार बिहान ५ बजेर १५ मिनेटमा सुरु हुनेछ।

मेस्सी खेल्ने सम्भावना कति ?

अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आएदेखि मियामीले राम्रो लय समातेको छ। मेस्सी खेलेको कुनै पनि खेलमा मियामी पराजित भएको छैन। मेस्सीले पछिल्लो समय मियामीका दुई खेल गुमाएका छन्।

अर्जेन्टिनाको राष्ट्रिय टोलीको ड्यूटीमा हुँदा मेस्सीले एक खेल गुमाएका थिए भने यस साताको सुरुवातमा भएको खेल पनि गुमाएका थिए। विभिन्न खेल मिडियाहरुका अनुसार मेस्सीले बिहिबार बिहान खेल्न सक्छन्।

खेल अगाडीको पत्रकार सम्मेलनका क्रममा मियामीका प्रशिक्षक टाटा मार्टिनोले मेस्सी मियामीको टोलीको पूर्ण प्रशिक्षणमा सहभागी हुने र त्यसपछि मात्रै उनी खेल्ने-नखेल्ने निर्णय लिइने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *