June 16, 2024

एजेन्सी – साउदी प्रो लिग क्लब अल नासरले मंगलबार राति एएफसी च्याम्पियन्स लिगमा सुखद सुरुवात गर्यो। एसियन च्याम्पियन्स लिगको पहिलो खेलमा अल नासरले जित सहित सुख सुरुवात गरेको हो।

अल नासरले इरानी क्लब पेर्सेपोलिसलाई २-० को गोल अन्तरले पराजित गर्यो। इरानको तेहरानमा भएको खेलमा अल नासरका लागि अब्दुलरहमान घरिब र मोहमद क्वासेमले एक-एक गोल गरे।

पेर्सेपोलिस विरुद्ध गोल गर्न नसकेपनि रोनाल्डोले नयाँ रेकर्ड बनाए। रोनाल्डोले १ हजार खेलमा अपराजित रहने खेलाडीको रुपमा नयाँ रेकर्ड बनाएका हुन्। अल नासरको जित पश्चात रोनाल्डो जित र बराबरी सहित १ हजार खेलमा अपराजित रहने पहिलो खेलाडी बने।

रोनाल्डोले विभिन्न क्लब र पोर्चुगलबाट खेल्दा ७ सय ७६ खेल जितेका छन् भने २ सय २४ खेलमा बराबरीको नतिजा हात पारेका छन्। उनले स्पोर्टिङ सीपीका लागि खेल्दा ३१ खेलमा १३ जित, अल-नासरका लागि ३२ खेलमा २१ खेल जित्न सफल भएका छन्।

त्यस्तै युभेन्टसका लागि १ सय ३१ खेलमा ९१ खेलमा जित्दा रोनाल्डोले म्यानचेस्टर युनाइटेडका लागि खेल्दा ३ सय ४६ खेलमा २ सय १४ जित हात पारेका छन्। रियल म्याड्रिडका लागि उनले कुल ४ सय ३८ खेल खेले। त्यसमद्ये ३ सय १६ खेल जित्न रोनाल्डो सफल भए। पोर्चुगलबाट खेल्दा २ सय १ खेल मद्ये १ सय २१ खेल रोनाल्डोले जितेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *