June 25, 2024

एजेन्सी- अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पुनः घाइते भएका छन्। अर्जेन्टिनाको टोलीबाट विश्वकप छनोट खेल्दा सामान्य चोट लागेपछि केहि समय आराम गरे मैदान फर्किएको केहि समयमै उनलाई चोट लागेको हो।

बिहिबार बिहान मियामीले अमेरिकी मेजर सकर लिग अन्तर्गत टोरन्टो एफसीको सामना गर्दा चोटका कारण मेस्सीले खेलको बीचमै मैदान छाडेका हुन्। मेस्सी घाइते भएपछि खेलको ३७ औं मिनेटमा मेस्सीलाई मैदानबाट फिर्ता बोलाएर रोबर्ट टेलरलाई मैदान प्रवेश गराइएको थियो।

मेस्सीलाई के भएको हो र चोट कति गम्भीर हो भन्ने बारे थप चेक जाँच पछि मात्र थाहा हुने बताइएको छ। मेस्सी चोटका कारण मैदानबाट बाहिरिनु अगाडी जोर्डी अल्बा पनि मैदानबाट बाहिरिएका थिए।

मेस्सीको चोटले मियामीको सिजनलाई प्रभावित गर्न सक्छ। सेप्टेम्बर २७ मा क्लबले एफसी सिनसिनाटी विरुद्ध यूएस ओपन कपको फाइनल खेल्दैछ। त्यस्तै मियामीले कठीन भएपनि प्लेअफमा स्थान बनाउने योजना बनाएको छ।

यहि साता मेस्सी नहुँदा मियामीले एटलान्टा युनाइटेड विरुद्धको खेलमा लज्जास्पद हार बेहोरेको थियो। सो खेलमा मियामी ५-२ को गोल अन्तरले पछि परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *