June 17, 2024

एजेन्सी – बुधबार राति स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब युनियन बर्लिनको सामना गर्यो। खेललाई सुरुवात देखि नै नियन्त्रणमा राखेपनि रियलले गोलका लागि अन्तिम समय सम्म मिहिनेत गर्न पर्यो।

बर्लिनको डिफेन्स तोड्न नसक्दा रियलले निर्धारित ९० मिनेट सम्म धेरै प्रयास गर्दा पनि गोल गर्न सकेन। तर इन्ज्युरी समयको चौंथो मिनेटमा रियलले खाता खोल्यो र सोहि गोलले रियललाई जितायो।

सो गोल यसै सिजन रियल आइपुगेका जुड बेलिङ्घमले गरेका थिए। रियलबाट पहिलो च्याम्पियन्स लिग खेलमै बेलिङ्घम गोल गर्न सफल भए। रियल आएदेखि उनी निरन्तर उच्च लयमा छ।

उनले लालिगा डेब्यूमा पनि गोल गरेका थिए। यससंगै उनी २१ औं शताब्दीमा रियलका लागि लालिगा र च्याम्पियन्स लिग डेब्यू दुवैमा गोल गर्ने चौंथो खेलाडी बनेका छन्। २१ औं शताब्दीमा बेलिङ्घम भन्दा अगाडी मात्र तीन खेलाडीले लालिगा र च्याम्पियन्स लिग डेब्यूमा गोल गरेका छन्।

त्यसमा क्रिस्टियानो रोनाल्डो, इस्को अलारकोन र मार्को एसेन्सियो रहेका छन्। बेलिङ्घमले रियल आएपछि कुल ६ खेल खेलेका छन्। जसमा उनले ६ नै गोल गरेका छन्। रियलका लागि खेलेका एक बाहेक सबै खेलमा उनले गोल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *