June 25, 2024

एजेन्सी – लिभरपुल र अर्जेन्टिनाका स्टार एलेक्सिस म्याक एलिस्टरले लियोनेल मेस्सी फुटबलको सबै भन्दा उत्कृष्ट खेलाडी रहेको र सधै रहिरहने बताएका छन्। एक मिडियासंगको कुराकानीका क्रममा एलिस्टरले मेस्सी उत्कृष्ट रहिरहने बताएका हुन्।

चर्चित खेल मिडिया गोलसंगको कुराकानीका क्रममा उनलाई फुटबलको ‘गोट’ को हो भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा एलिस्टरले म्याराडोनालाई लाइभ हेर्न नपाएको उल्लेख गर्दै आफ्नो लागि मेस्सी ‘गोट’ रहेको बताए।

“मलाई लाग्छ मेस्सी ‘गोट’ हुन्। मैले म्याराडोनालाई लाइभ हेर्ने मौका पाइन। तर मेरो लागि, मेस्सी सर्वश्रेष्ठ हो र उनी सधैंको लागि उत्कृष्ट हुनेछन्।”,एलिस्टरले भने।

मेस्सी र एलिस्टर दुवै कतारमा सम्पन्न विश्वकप विजेता टोलीको महत्वपूर्ण हिस्सा थिए। दुवैले विश्वकपम उच्च प्रदार्शन गरेका थिए। म्याक एलिस्टरका बुबा कार्लोसले म्याराडोनासँगै खेल्ने अवसर पाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *