June 17, 2024

एजेन्सी – अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले मेजर सकर लिगको आगामी खेल गुमाउने भएका छन्। सोमबार बिहान हुने इन्टर मियामी र ओर्लान्डो सिटी बीचको खेल मेस्सीले गुमाउने भएका हुन्।

मेस्सीलाई बिहिबार बिहान मेजर सकर लिगमा मियामी र टोरन्टो एफसी बीचको खेलमा सुरुवाती ११ मा राखिएको थियो। तर मेस्सीले पूरा खेल खेल्न सकेनन्। थकानका कारण मेस्सीलाई खेलको पहिलो हाफमै प्रतिष्थापन गरिएको थियो।

खेल पश्चात मियामीका प्रशिक्षक टाटा मार्टिनोले मेस्सीलाई कुनै गम्भीर वा मांसपेशी चोट लागेको नहुन सक्ने आशा व्यक्त गरे। मेस्सीलाई थकानका कारण मैदानबाट फिर्ता बोलाइएको उनले बताए।

त्यसक्रममा उनले मेस्सी आगामी खेलका लागि उपलब्ध नहुने पनि स्पष्ट पारे। मार्टिनोका अनुसार मेस्सी मात्र नभई उनी भन्दा अगाडी मैदान बाहिर बोलाइएका जोर्डी अल्बाले पनि आगामी खेल गुमाउने छन्।

“ओर्लान्डो विरुद्धको खेलमा दुवैले खेल्ने कुनै सम्भावना छैन। तर मलाई लाग्दैन कि त्यहाँ कुनै गम्भीर वा मांसपेशीमा चोट लागेको छ मलाई लाग्छ यो केवल थकान हो।”,मेस्सी र अल्बाको चोट बारे उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *