June 16, 2024

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का मोरक्कन डिफेन्डर अचराफ हाकिमीले फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे बालोन डी’ओरको हकदार रहेको बताएका छन्। एक मिडियासंगको कुराकानीका क्रममा हाकिमीले एम्बाप्पे बालोन डी’ओरको हकदार रहेको बताएका हुन्।

बीआईएन स्पोर्ट्स फ्रान्ससँग कुराकानी गर्नेक्रममा हाकिमीले गत वर्षको प्रदर्शनको आधारमा एम्बाप्पे बालोन डी’ओर को हकदार रहेको बताए। उनका अनुसार एम्बाप्पे एक महान खेलाडी हुन्।

“गत वर्ष उनले गरेको प्रदर्शनका लागि उनी बालोन डी’ओर जित्न योग्य छन्। उनी एक महान खेलाडी हुन् र मलाई आशा छ कि उनले यो वर्ष जित्न सक्छन्।”,हाकिमीले भने।

अर्जेन्टिनासँग गत वर्ष कतारमा विश्वकप जितेपछि अर्जेन्टिनी स्टार लियोनेल मेस्सी आठौं बालोन डी’ओर जित्ने अभियानमा छन्। उनलाई म्यानचेस्टर सिटीबाट ट्रेबल जितेका नर्वेली युवा स्टार एर्लिङ हालाण्डले टक्कर दिने अनुमान गरिएको छ।

एम्बाप्पेले गत सिजन पिएसजीसंग फ्रेन्च लिग वान उपाधि जितेका थिए। साथै उनले विश्वकपमा पनि उच्च प्रदर्शन गरेका थिए। उनले विश्वकपमा गोल्डेन बल जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *