June 22, 2024

एजेन्सी – साउदी प्रो लिग लिडर अल हिलालले आज राति दामाकको सामना गर्दैछ। सिजनको सातौँ खेलको रुपमा अल हिलालले अवे खेलमा दामाकको सामना गर्न लागेको हो।

अल हिलाल अहिले लिगको शिर्ष स्थानमा रहेको छ। साउदी प्रो लिगको सन् २०२३-२४ को सिजनमा उसले कुनै पनि खेलमा पराजय भोगेको छैन। अल हिलालले लिगका ६ खेल मध्ये ५ खेलमा जित निकाल्दा एक खेल बराबरी खेलेको छ।

अल हिलालको १६ अंक छ। त्यस्तै दामाक भने रेलिगेसन जोनमा रहेको छ। दामाकले यस सिजन कुनै पनि खेलमा जित निकालेको छैन। तीन खेलमा हार र तीन बराबरी सहित उसले ३ अंक जोडेको छ।

अल हिलाल जारी सिजनमा उच्च लयमा छ। सिजनका धेरै खेलमा उसले गोलवर्षा गरेको छ। यस सिजनमा अल हिलालले ६ खेलमा २० गोल गरिसकेको छ। यसको अर्थ कमजोर दामाक विरुद्ध अल हिलालले गोलवर्षा गरेमा अचम्म मान्नु पर्ने छैन।

नेयमार खेल्ने सम्भावना कति ?

गत महिना अल हिलाल आवद्ध भएका ब्राजिलियन स्टार नेयमारले गत साता मात्रै अल हिलालका लागि डेब्यू गरेका थिए। त्यसपछि उनले अल हिलालबाट एसियन च्याम्पियन्स लिग खेले। नेयमार आज पनि अल हिलालबाट खेल्न सक्छन्। नेयमार आज पक्कै पनि नयाँ क्लबका लागि खाता खोल्ने योजनामा हुनेछन्।

खेल कहाँ हेर्ने ?

अल हिलाल र दामाक बीचको खेल नेपाली समय अनुसार रातको ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन ५ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *