June 22, 2024

एजेन्सी – बिहिबार बिहान अमेरिकी क्लब इन्टर मियामीले टोरन्टो एफसीको सामना गर्यो। दुई खेल पछि अर्जेन्टिनी स्टार लियोनेल मेस्सी पनि टोरन्टो एफसी विरुद्ध मैदानमा उत्रिए।

तर मेस्सीले पूरा खेल भने खेल्न सकेनन्। मेस्सीले खेलको ३७ औं मिनेटमै मैदान छाडेका थिए। मेस्सीले मैदान छाडेपछि मियामीका समर्थकले पनि स्टेडियम छाडे। मियामीको खेल हेर्न एक धेरै दर्शकले मेस्सी मैदानबाट बाहिरिएपछि स्टेडियम छाडेको विभिन्न खेल मिडियाहरुले जनाएका छन्।

सामाजिक संजालमा मेस्सी मैदानबाट बाहिरिए लगत्तै दर्शकहरुले पनि स्टेडियम छाडेको भिडियोहरु देखिएका छन्। मेस्सी बाहिरिएपनि मियामीले टोरन्टो एफसी विरुद्ध सानदार जित भने दर्ता गर्न सक्यो।

मियामीका लागि फाकुण्दो फरियास, रोबर्ट टेलर र बेन्जामिन क्रेमास्चीले गोल गरे। टेलरले दुई गर्दा अन्य दुई खेलाडीले एक-एक गोल गरेका थिए। खेलमा भएका चार गोल मद्ये एक पहिलो हाफ तथा अन्य तीन दोस्रो हाफमा आएका थिए।

मेस्सीले मियामीको आगामी खेल गुमाउने लगभग पक्का भइसकेको छ। मियामीका प्रशिक्षक टाटा मार्टिनोले खेल पश्चात पत्रकारहरुसंग कुराकानी गर्दै मेस्सी आगामी खेलका लागि उपलब्ध नहुने स्पष्ट पारेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *