June 25, 2024

एजेन्सी – साउदी क्लब अल नासरले आज राति सिजनको सातौँ खेल खेल्दैछ। अल नासरले सिजनको सातौँ खेलमा अल अहली साउदीको सामना गर्न लागेको हो। अल नासर र अल अहली किङ साउद विश्वविद्यालय स्टेडियममा आमने-सामने हुनेछन्।

अल अहली साउदी प्रो लिगको पाँचौ स्थानमा छ भने अल नासर छैठौं स्थानमा छ। अहलीले यस सिजन ६ खेलमा ५ जित र १ हार सहित १५ अंक बनाएको छ। अल नासरको भने १२ अंक छ।

अल नासरले ६ खेल मध्ये २ खेलमा पराजय भोग्दा ४ खेलमा जित निकालेको छ। आज राति हुने खेलमा दुवै क्लब एक अर्कालाई कडा टक्कर दिएर जित आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ।

अल नासरले साउदी प्रो लिगका पछिल्ला खेलहरुमा निरन्तर जित निकालेको छ। ती मद्ये सबै खेलमा उसले तीन भन्दा बढी गोल गरेको छ। साडियो माने र क्रिस्टियानो रोनाल्डो दुवैले ती चार खेलमा गोल गरेका छन्।

अल नासर र अल अहली साउदी बीचको खेल नेपाली समय अनुसार रातको ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन १ मा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *