June 14, 2024

एजेन्सी – साउदी क्लब अल हिलाल लगातार दुई खेलमा बराबरीमा रोकिएको छ। ब्राजिलियन स्टार नेयमारको आगमन पश्चात थप बलियो प्रदर्शनको अपेक्षा गरिएपनि अल हिलाल लगातार दुई खेलमा बराबरीमा रोकिएको हो।

नेयमार टोलीमा समावेश हुनु भन्दा अगाडी अल हिलाल निरन्तर उच्च प्रदर्शन गरिरहेको थियो। तर नेयमार सुरुवाती ११ मा परेको दुई खेलमा भने अल हिलाल जित बिहिन बनेको छ।

अल हिलालले यस साता एसिया च्याम्पियन्स लिगमा उज्बेकिस्तानको क्लब नभबाहोरसँग १-१ को बराबरी खेल्यो। सो खेलमा अल हिलालले अन्तिमा समयमा हार टारेको थियो।

साउदी प्रो लिग अन्तर्गत दामाक विरुद्धको खेलमा पनि अल हिलालले कम्जोर प्रदर्शन गर्यो। बिहिबार राति भएको खेलमा अल हिलाल दामाकसंग १-१ को बराबरीमा रोकिन पुग्यो।

नेयमारले दुवै खेलमा अपेक्षा गरिए अनुसारको प्रदर्शन गर्न सकेन। अल हिलालको कम्जोर प्रदर्शन पश्चात त्यसको दोष नेयमार माथि लगाउन थालिएको छ। सामाजिक संजालमा यति बेला नेयमारलाई टोलीमा समावेश गरेपछि अल हिलाल बाघबाट स्यालमा परिणत भएको टिप्पणी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *