June 25, 2024

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डियोलाका अनुसार क्लबमा युवा स्टार एर्लिङ हालाण्डले अहिले सम्म १५ गोल गरिसकेका हुने थिए। प्रिमियर लिगमा नटिङ्घम फरेस्टको सामना गर्नु अगाडी आयोजित पत्रकार सम्मलनमा बोल्ने क्रममा पेप गार्डियोलाले अहिले सम्म हालाण्डले १५ गोल गरिसकेको हुने बताएका हुन्।

हालाण्डले गोल गर्ने धेरै मौका पाएको र अहिले सम्म उनले १५ गोल गरिसकेको हुने थिए भन्ने पेप गार्डियोलाको भनाई छ। त्यसअर्थमा आफूहरुले राम्रो फुटबल खेलिरहेको गार्डियोलाले बताए।

“हालाण्डले अविश्वसनीय मौका पाएका थिए र १४ वा १५ गोल गर्न सक्थे। यसको मतलब हामी राम्रो खेलिरहेका छौं। एर्लिङले पाएका अवसरहरूको संख्याको आधारमा टोलीले राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने मलाई सधैं महसुस हुन्छ।”,गार्डियोलाले भने।

गार्डियोलाले हालाण्डको धेरै आलोचना नगर्न पनि आग्रह गरे। हालाण्डले गोल गर्नेमा ढुक्क देखिएका गार्डियोलाले पछि गोल गरेपछि माफी माग्नु पर्ने अवस्था आउन सक्ने बताए।

उनले भने,”मेरो सल्लाह छ हालाण्डको धेरै आलोचना नगर्नुहोस्। फुल ब्याक, सेन्ट्रल डिफेन्डर वा म्यानेजरको आलोचना गर्नुहोस्। उनी स्ट्राइकर हुन् र उनले गोल गर्छन्। फेरी पछि माफी माग्नु पर्ला।”

हालाण्डले प्रिमियर लिगका ५ खेलमा सिटीका लागि ७ गोल गरिसकेका छन्। हालाण्डले २९ प्रतिशत चान्सलाई गोलमा परिणत गरिरहेका छन्। गत सिजन यति बेला उनले ६० प्रतिशत चान्सलाई गोलमा परिणत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *