June 14, 2024

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले शुक्रबार राति सानदार प्रदर्शन गरे। रोनाल्डोकै उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगको बलियो टोली मद्ये एक मानिएको अल अहली साउदीलाई पराजित गर्यो।

रोनाल्डोले अल अहली विरुद्ध दुई गोल गरे। रोनाल्डोले पहिलो हाफ र दोस्रो हाफ दुवैमा गोल गरेका हुन्। रोनाल्डोले पहिलो गोल खेलको ४ औं मिनेटमै गरेका थिए। उनले साडियो मानेको पासमा गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए।

फ्यान फ्लेयरहरूका कारण जम्मा भएको धुँवाले अल अहलीको गोलपोस्ट ढाकिएपनि रोनाल्डो गोलमा चुकेनन्। धुँवाले ढाकिएको गोलपोस्टमा रोनाल्डोले गोल गर्न सफल भए।

मानेबाट प्राप्त भएको पासलाई रोनाल्डोले ढुक्क भएर धुँवाले भरिएको पोस्टको दिशा दिए। रोनाल्डोले सो गोल पश्चात रोनाल्डोले खुलेर खुशियाली मनाए। उनले अल नासर समर्थकका अगाडी आफ्नो सिग्नेचर सेलेब्रेसन प्रदर्शन गरेका थिए।

अल नासरका लागि रोनाल्डोबाट दोस्रो गोल खेलको ५२ औं मिनेटमा आएको थियो। उनले खेलको ५२ औं मिनेटमा तालिस्काको पासलाई गोलमा परिणत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *