June 17, 2024

एजेन्सी – पोर्चुगिज युवा स्टार जोआओ फेलिक्सले क्याटलान क्लब बार्सिलोना आवद्ध हुन आफूले पारिश्रमिकमा भारी कटौती गरेको खुलासा गरेका छन्। एक अन्तर्वार्ताका क्रममा फेलिक्सले बार्सिलोना आवद्ध हुनको लागि आफूले पारिश्रमिकमा कटौती गरेको बताएका हुन्।

यसै समर ट्रान्सफर विन्डोमा एट्लेटिको म्याड्रिडबाट लोनमा बार्सिलोनामा सामेल भएका उनले आफ्नो करियरमा परिवर्तनको आवश्यकता परेका कारण बार्सिलोना रोजेको बताए। आफ्नो शैलीको फुटबल खेल्नको लागि बर्सिलिना आदर्श स्थान हुन्छ भन्ने उनको आशा छ।

त्यस्तै फेलिक्सले बार्सिलोनामा यति छिट्टै सेटल हुन्छु भनेर नसोचेको पनि बताउन छुटाएनन्। फुटबल खेल्दै आनन्द उठाउनको लागि आफू बार्सिलोना आइपुगेको उनको भनाई छ।

“यो सत्य हो कि मैले आफ्नो तलबको ठूलो हिस्सा त्यागें। तर मैले जे चाहेको थिएँ, त्यो पाएँ। मेरो करियरमा एक परिवर्तन चाहिएको थियो। मलाई त्यस्तो ठाउँमा जान आवश्यक थियो जहाँ म आफ्नो शैलीको फुटबल खेल्न सक्छु। नभन्दै आदर्श स्थानमा आइपुगें। चीजहरू राम्ररी भइरहेका छन् – मैले यति राम्रो सुरुवात गर्ने अपेक्षा गरेको थिइनँ।”,फेलिक्सले भने।

फेलिक्सले बार्सिलोना आएदेखि नै उच्च प्रदर्शन गरिरहेका छन्। ला लिगा र च्याम्पियन्स लिग प्रतियोगितामा बार्साका लागि तीन खेलमा तीन गोल गरेका छन् भने एक असिस्ट दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *