June 14, 2024

एजेन्सी – ट्रेबल विनर म्यानचेस्टर सिटीले आज राति नटिङ्घम फरेस्टको सामना गर्दैछ। प्रिमियर लिगको जारी सिजनमा अपराजित रहेको सिटीले होम गेममा नटिङ्घम फरेस्टको सामना गर्न लागेको हो।

सिटी अहिले प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ। सिटीले सिजनका कुनै पनि खेलमा पराजय भोगेको छैन। पाँच मद्ये पाँचै खेलमा सिटीले जित निकालेको छ। त्यस्तै फरेस्ट भने ५ मद्ये २ खेलमा २ हार र एक बराबरी सहित ७ अंक बनाएर आठौँ स्थानमा छ।

आज राति सिटी पक्कै पनि सिजनको छैठौं जितको खोजिमा हुनेछ। म्यानचेस्टर सिटीले पछिल्लो १२ घरेलु प्रिमियर लिग खेलहरू जितेको छ। गत सिजन सिटी र फरेस्ट बीच भएका दुई खेल मद्ये एक खेलमा सिटी विजयी भएको थियो भने एक खेल बराबरीमा रोकिएको थियो।

अगस्टको अन्तिम दिन भएको खेलमा सिटीले फरेस्ट विरुद्ध गोलवर्षा गरेको थियो। सो खेल सिटी ६-० को गोल अन्तरले विजयी भएको थियो। उक्त खेलमा नर्वेली युवा स्टार एर्लिङ हालाण्डले ह्याट्रिक गरेका थिए।

आज हालाण्डलाई अर्को ह्याट्रिकको अवसर हुन सक्छ। सिटी र फरेस्ट बीचको खेल रातको ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *