June 14, 2024

एजेन्सी – एट्लेटिको मड्रिडका मिडफिल्डर एक्सेल विट्सेलले खेलाडीहरूले साउदी अरब जाने निर्णय गर्नुको वास्तविक कारण बताएका छन्। एक मिडियासंग कुराकानी गर्नेक्रममा विट्सेलले साउदी जाने खेलाडीहरुको निर्णय पछाडीको कारण बताएका हुन्।

विट्सेलका अनुसार युरोप छाडेर खेलाडीहरु पैसाको लागि साउदी गइरहेको बताए। खेलाडीहरु साउदी जाने निर्णयमा पुग्नुको पछाडी पैसा मुख्य कारण रहेको उनको भनाई छ।

स्पोर्टफेससंगको कुराकानीका क्रममा उनले आफू चीन गएको उल्लेख गरे। त्यसक्रममा उनले खेलाडीहरु साउदी जानुलाई नराम्रो रुपमा हेरिन नहुने पनि बताउन छुटाएनन्।

“हामी प्रत्येकको आ-आफ्नै बाटो छ। साउदी अरेबिया जानुलाई म नराम्रो भन्दिन। म २७ वर्षको हुँदा चीन गएको थिएँ। यो जीवनको अनुभव थियो। स्पष्ट रूपमा म पैसाको लागि चीन गएको थिएँ र साउदीमा पनि खेलाडीहरु त्यसैको लागि गइरहेका छन्।”,विट्सेलले भने।

सन् २०१७ मा विट्सेल जेनिट सेन्ट पिटर्सबर्गबाट चिनियाँ क्लब टियानजिन क्वान्जियानमा सामेल भएका थिए। उनले टियानजिन आधारित टोलीका लागि ३६ खेल खेलेका थिए। पछि उनी बोरुसिया डर्टमुन्डमा सामेल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *