June 25, 2024

एजेन्सी – साउदी प्रो लिगको नयाँ सिजनका सुरुवाती खेलहरुमा कम्जोर प्रदर्शन गरेपनि अल नासर उपाधि होडमा फिर्ता भएको छ। सिजनका दुई खेल लगातार हारेपनि लगातार ५ खेलमा जित निकाल्दै अल नासर उपाधि होडमा फिर्ता भएको हो।

अल नासरले साउदी प्रो लिगका ५ खेलमा लगातार जित निकालेको छ। अल नासर अहिले १५ अंक सहित लिगको पाँचौ स्थानमा छ। लिग लिडर अल इत्तिहाद अल नासर भन्दा मात्र ३ अंकले अगाडी छ।

दोस्रो स्थानमा रहेको अल हिलाल मात्र दुई अंकले अगाडी रहँदा तेस्रो र चौंथो स्थानमा रहेका क्लबहरु अल नासर भन्दा मात्र एक अंकले अगाडी छन्। यसको अर्थ अल नासरले अहिलेको लयलाई कायम राख्दै शिर्ष स्थानमा छुट्टै कब्जा जमाउन सक्छ।

अल नासरले निरन्तर जित निकाल्नुको पछाडी रोनाल्डोको महत्वपूर्ण भूमिका छ। रोनाल्डोले साउदी प्रो लिगका पछिल्ला पाँच मध्ये पाँचै खेलमा गोल गरेका छन्। रोनाल्डोले साउदी प्रो लिगको जारी सिजनमा १३ गोलको योगदान दिएका छन्।

रोनाल्डो अहिले साउदी प्रो लिगको शिर्ष गोलकर्ताको रुपमा रहेका छन्। उनले ६ खेलमा ९ गोल गरिसकेका छन्। साथै रोनाल्डोको नाममा ४ असिस्ट पनि छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *