June 22, 2024

एजेन्सी – म्याड्रिड डर्बी अगाडी स्पेनिस महारथी रियल म्याड्रिडलाई ठूलो राहत मिलेको छ। महत्वपूर्ण दुई खेलाडी प्रशिक्षणका लागि फिर्ता भएसंगै म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडको सामना गर्नु अगाडी रियललाई ठूलो राहत मिलेको हो।

एट्लेटिकोको खेल अगाडी क्लबका स्टारद्वय भिनिसियस जुनियर र जुड बेलिङ्घम दुवै प्रशिक्षणका लागि फिर्ता भएका छन्। ब्राजिलियन स्टार अगस्टको अन्त्यमा घाइते भएका थिए। ह्यामस्ट्रिङमा चोट लागेका कारण त्यसयता उनी रियलको टोलीबाट बाहिर थिए।

अब उनी खेल्नको लागि तयार भएका छन्। म्याड्रिड डर्बी अगाडी आयोजित पत्रकार सम्मलेनका क्रममा क्लबका प्रशिक्षक कार्लो एन्सेलोटीले भिनी जुनियर “शतप्रतिशत फिट” भएको बताए।

“भिनिसियस टोलीमा हुनेछन्।”,एन्सेलोटीले भने। त्यस्तै केहि दिन अगाडी पेटमा समस्या देखिएपछि प्रशिक्षणमा नरहेका बेलिङ्घम पनि प्रशिक्षणमा फर्किसकेका छन्। उनले शुक्रबारको प्रशिक्षण गुमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *