June 22, 2024

एजेन्सी – विभिन्न खेल मिडियाहरुमा आएका खबरलाई मान्ने हो भने पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो आफ्ना एक पूर्व सहकर्मीलाई अल नासरमा देख्न चाहन्छन्। रोनाल्डोले आफ्नो पूर्व म्यानचेस्टर युनाइटेड टीमका साथी डेभिड डे हेयालाई अल नासरमा ल्याउन चाहेको विभिन्न खेल मिडियाहरुले दावी गरेका हुन्।

युनाइटेडसंगको सम्झौता सकिएपछि डेभिड डे हेया कुनै पनि क्लबमा आवद्ध भएका छैनन्। युनाइटेडसंगको सम्झौता सकिएको लामो समय बितिसकेपनि उनी अझै फ्री एजेन्ट छन्।

समर ट्रान्सफर विन्डोमा उनलाई केहि क्लबले भित्र्याउने अपेक्षा गरिएको थियो। तर उनलाई कुनै पनि ठूला क्लबले भित्र्याएनन्। तर रोनाल्डो भने डेभिड डे हेया साउदी आउन् भन्ने चाहन्छन्।

रोनाल्डोले डे गियालाई साउदी प्रो लिगमा सामेल हुन मनाउने प्रयास गरिरहेको ९० मिनेटले रिपोर्ट गरेको छ। यद्यपि, अनुभवी गोलकिपरले यो प्रस्तावबाट मोहित भएनन् किनभने उनी यूईएफए च्याम्पियन्स लिग फुटबल खेल्न जारी राख्न चाहन्छन्।

उनी जनवरी ट्रान्सफर विन्डो सम्म कुर्ने योजनामा रहेको बताइएको छ। यो दाबी गरिएको छ कि म्यानचेस्टर युनाइटेडका पूर्व गोलकिपरले यदि सही क्लब फेला पारेनन् भने सन्यास लिन पनि सक्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *