June 22, 2024

एजेन्सी – पराजित हुन लागिसकेको खेलमा क्याटलान क्लब बार्सिलोनाले सानदार कम्ब्याक गरेको छ। शनिबार राति २-० को गोल अन्तरले पछि परेको अवस्थामा बार्सिलोनाले कम्ब्याक गरेको हो।

छोटो समयमा तीन गोल फर्काउँदै बार्सिलोनाले सेल्टा भिगोलाई ३-२ को गोल अन्तरले पराजित गर्यो। बार्सिलोनाको जितमा रोबेर्ट लेवान्डोस्की र जोआओ क्यान्सेलोले महत्वपूर्ण भूमिका निभाए।

जोआओ क्यान्सेलोले एक गोल गरे भने लेवान्डोस्कीले दुई गोल गरे। बार्सिलोनाले खेलको १९ औं मिनेटमै गोल बेहोरेको थियो। सो गोल भिगोका जोर्गेन लार्सेनले गरेका थिए। त्यसपछि गोलका लागि निरन्तर प्रयास गरेपनि बार्सिलोना सफल हुन सकेन।

खेलको ७६ औं मिनेटमा भिगोले दोस्रो गोल गर्यो। सो गोल एनास्तासियस डोउभिकसले गरेका थिए। तर त्यसको ५ मिनेट पश्चात ७१ औं मिनेटमा लेवान्डोस्कीले गोल फर्काए।

लगत्तै ८५ औं मिनेटमा अर्को गोल गर्दै उनले बार्सिलोनालाई २-२ को बराबरीममा पुर्याए। खेलको ८९ मिनेटम क्यान्सेलोले गोल गरेसंगै बार्सिलोनाको जित पक्का भयो। यस जितसंगै बार्सिलोना १६ अंक बनाएर शिर्ष स्थानमा उक्लिएको छ। पराजित भिगो ४ अंक सहित १७ औं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *