June 17, 2024

एजेन्सी – अमेरिकी मेजर सकर लिग अन्तर्गत इन्टर मियामीले सोमबार बिहान ओर्लान्डो सिटी विरुद्ध खेल्दैछ। सिजनको २८ औं खेलका लागि मियामीले ओर्लान्डो सिटीको भ्रमण गर्न लागेको हो।

मियामी र ओर्लान्डो सिटी बीचको खेलमा अर्जेन्टिनी स्टार लियोनेल मेस्सी भने हुने छैनन्। पछिल्लो खेलमा मांसपेशीको थकानका कारण खेलको बीचमै मैदान छाडेका मेस्सी ओर्लान्डो विरुद्ध नखेल्ने भएका हुन्।

मेस्सी नखेल्ने भएका कारण मियामी र ओर्लान्डो बीचको खेलको टिकेट मूल्यमा भारि गिरावट आएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार मियामी र ओर्लान्डो बीचको खेलको टिकेट मूल्य ह्वात्तै घटेको हो।

मेस्सीले ओर्लान्डो विरुद्ध नखेल्ने खबर बाहिरिनु अगाडी सबै भन्दा सस्तो टिकेटको मूल्य १ सय ७७ डलर थियो। तर अब सो मूल्य घटेर ५० डलरमा आइपुगेको छ। बिहिबार भन्दा अगाडी सम्म टिकेटको औसत मूल्य ३ सय २५ डलर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *