June 25, 2024

एजेन्सी – – प्रिमियर लिगको महत्वपूर्ण खेलमा आज राति आर्सनल र टोटेनह्याम हट्स्पर आमने-सामने हुँदैछन्। सिजनको छैठौं खेलका लागि लण्डनका प्रिमियर लिग क्लब आर्सनल र टोटेनह्याम आमने-सामने हुन लागेका हुन्।

टोटेनह्याम यति बेला प्रिमियर लिगको दोस्रो स्थानमा छ भने आर्सनल चौंथो स्थानमा रहेको छ। टोटेनह्यामले सिजनका ५ खेल मद्ये ४ खेलमा जित र एक बराबरी सहित १३ अंक बनाएको छ।

त्यस्तै आर्सनलको पनि १३ अंक छ। आर्सनलले पनि टोटेनह्याम जस्तै ४ खेलमा जित निकाल्दा एक खेल बराबरी खेलेको छ। दुवै टोली जारी सिजनमा अपराजित छन्।

आज दुवै टोली जित निकाल्दै एकअर्कालाई स्तब्द पार्ने योजनामा हुनेछन्। आजको खेलमा जित निकाल्ने टोलीलाई लिगको दोस्रो स्थानमा रहने अवसर मिल्न सक्नेछ। गत सिजन दुई क्लब बीच दुई पटक भेट भएको थियो। दुवैले घरेलु मैदानमा भएका खेल जितेका थिए।

आर्सनल र टोटेनह्याम बीचको खेल इमिरेट्स स्टेडियममा हुनेछ। खेल नेपाली समय अनुसार साँझको ६ बजेर ४५ मिनेटमा सुरु हनेछ। खेल भारतीय च्यानल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *