June 22, 2024

एजेन्सी – प्रिमियर लिग क्लब चेल्सीले प्रिमियर लिगमा अर्को पराजय भोगेको छ। सन् २०२३-२४ को सिजन सुरु भएपछि निरन्तर कम्जोर प्रदर्शन गरिरहेको चेल्सीले आइतबार एस्टन भिल्ला विरुद्धको खेलमा पराजय भोगेको हो।

घरेलु मैदानमा भएको खेलमा चेल्सी आइतबार भिल्लासंग १-० को गोल अन्तरले पराजित भयो। प्रिमियर लिगमा चेल्सीको यो तेस्रो हार हो। १० खेलाडीमा समेटिदा पनि बलमा राम्रो नियन्त्रण राखेको चेल्सीले गोल गर्न भने सकेन।

चेल्सीले खेलभर बलमा कुल ५२ प्रतिशत नियन्त्रण राखेको थियो। चेल्सीले खेलभर पोस्टमा १० प्रहार गरेको थियो। त्यसमद्ये ४ प्रहार टार्गेटमा भएर पनि गोल गर्न सकेन। उता भिल्लाले भने १५ शट हान्दा ७ प्रहार टार्गेटमा राखेको थियो। तर एक प्रहारलाई मात्र उसले गोलमा परिणत गर्यो।

भिल्लाका लागि एक मात्र गोल ओली वाटकिन्सले गरे। उनले खेलको ७३ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो। खेलको ५८ औं मिनेटमा चेल्सीका मालो गुत्सो रेड कार्ड बेहोर्दै मैदान छाड्न बाद्य भएका थिए।

चेल्सी अहिले ६ खेलबाट एक जित र ३ हार सहित ५ अंक बनाएर १४ औं स्थानमा छ। त्यस्तै एस्टन भिल्ला भने ४ जित र २ हार सहित १२ अंक बनाएर छैठौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *