June 16, 2024

एजेन्सी – प्रिमियर लिगको लण्डन डर्बीमा आर्सनल घरेलु मैदानमा बराबरीमा रोकिएको छ। आर्सनल घरेलु मैदानमा टोटेनह्यामसंग बराबरीमा रोकिन पुगेको हो। आर्सनलले आइतबार टोटेनह्यामसंग २-२ को बराबरी खेल्यो।

आर्सनलले दुई पटक अग्रता लिएर पनि खेल जित्न सकेन। आर्सनलले पहिलो र दोस्रो हाफ दुवैमा अग्रता लिएको थियो। तर टोटेनह्यामले दुवै पटक कम्ब्याक गर्दै आर्सनलसंग एक अंक खोस्यो।

खेलको २६ औं मिनेटमा क्रिस्टियन रोमेरोको आत्मघाती गोलबाट आर्सनलले अग्रता लिएको थियो। तर खेलको ४२ औं मिनेटमा सन ह्युङ-मिनले बराबरी गोल फर्काए।

खेलको ५४ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई पुनः अग्रता दिलाए। उनले सो गोल पेनाल्टीमा गरेका थिए। तर एक मिनेटमै टोटेनह्यामले बराबरी गोल फर्कायो। सो गोल पनि सनले नै गरेका थिए।

बराबरी खेल्दै अंक बाँडेपछि दुवैलाई घाटा पुगेको छ। टोटेनह्याम चौंथो स्थानमा झर्दा आर्सनल पाँचौ स्थानमा झरेको छ। दुवैको समान १४ अंक छ। दुवै टोली शिर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा ४ अंकले पछि रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *