June 25, 2024

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडको अपराजित यात्रामा ब्रेक लागेको छ। सन् २०२३-२४ को सिजन सुरु भएपश्चात लालिगाका कुनै पनि खेलमा पराजित नभएको रियल म्याड्रिड आइतबार राति पराजित हुन पुगेको हो।

आइतबार राति म्याड्रिड डर्बीमा रियल सहर प्रतिद्वन्दी एटलेटिको म्याड्रिडसंग पराजित भयो। एटलेटिकोको घरेलु मैदानमा रियलले ३-१ को गोल अन्तरको हार बेहोर्य।

बलमा राम्रो नियन्त्रण राखेर निरन्तर आक्रमण गर्दा पनि रियलले एटलेटिकोलाई पराजित गर्न सकेन। खेलको ४ औं मिनेटमै रियल पछि परेको थियो। सो गोल अल्भारो मोराटाले गरेका थिए।

खेलको १८ औं मिनेटमा एटलेटिकोले अग्रता दोब्बर बनायो। त्यसबेला गोल एन्टोनी ग्रीजम्यानले गरेका थिए। खेलको ३५ औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे।

तर रियलले त्यसपछि निरन्तर प्रयास गरेपनि गोल गर्न सकेन। दोस्रो हाफको पहिलो मिनेटमै मोराटाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। यस हारसंगै रियलले शिर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। रियल ६ खेलबाट १५ अंक बनाएर लिगको तेस्रो स्थानमा छ। जित निकालेपछि एटलेटिको भने लिगको पाँचौ स्थानमा उलिएको छ। एटलेटिकोको १० अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *