June 22, 2024

एजेन्सी – फ्रेन्च स्टार किलियन एम्बाप्पेले पूरा समय खेल्न नसकेपनि पेरिस सेन्ट जर्मेन(पिएसजी)ले सानदार जित निकालेको छ। आईतबार राति पिएसजीले एम्बाप्पेको पूरा साथ पाउन नसकेपनि मार्से विरुद्ध सानदार जित दर्ता गरेको हो।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले मार्सेलाई ४-० को गोल अन्तरले पराजित गर्यो। फ्रेन्च लिगमा पिएसजीको यो तेस्रो जित हो। पिएसजीका लागि अचरफ हाकिमी र रान्डल कोलो मुआनीले एक-एक गोल गरे भने गोन्कालो रामोसले दुई गोल गरे।

रामोस एम्बाप्पेको साथमा मैदान प्रवेश गरेका थिए। चोटको आशंकामा एम्बाप्पेलाई खेलको ३२ औं मिनेटमा फिर्ता बोलाएर रामोसलाई मैदान प्रवेश गराइएको थियो। उनले एम्बाप्पेको स्थानमा खेल्दा २ गोल गर्न सफल भए।

खेलको आठौँ मिनेटमै पिएसजीले हाकिमीको गोलमा अग्रता लिएको थियो। कोलो मुआनीले खेलको ३७ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ४७ औं मिनेटमा पोर्चुगिज स्टार रामोसले टोलीका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे।

त्यस्तै खेलको ८९ औं मिनेटमा रामोसले व्यक्तिगत दोस्रो गोल गर्दा पिएसजीले ४-० को सानदार जित पक्का गर्यो। यस जितसंगै पिएसजी फ्रेन्च लिग वानको तेस्रो स्थानमा उक्लिएको छ।

सिजनका ६ खेल खेल्दा उसले ३ खेलमा जित निकालेको छ भने एक खेलमा पराजय भोगेको छ। त्यस्तै पिएसजी २ खेलमा बराबरीमा रोकिएको छ। पिएसजी शिर्ष स्थान भन्दा २ अंकले टाढा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *