June 16, 2024

एजेन्सी – साउदी क्लब अल नासरले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई एक खेलका लागि आराम दिने भएको छ। पछिल्लो समय निरन्तर खेलिरहेका रोनाल्डोलाई अल नासरले एक खेलका लागि आराम दिने भएको हो।

साउदी प्रो लिगको पहिलो खेल गुमाएयता रोनाल्डोले निरन्तर खेलिरहेका छन्। तर उनी किङ कप अफ च्याम्पियन्सको राउण्ड अफ ३२ को खेलका लागि भने उपलब्ध हुने छैनन्।

अल नासरले सो प्रतियोगिता अन्तर्गत ओहोदको सामना आज गर्दैछ। अल नासरको टोलीसंग रोनाल्डो जेद्दा गएनन्। रोनाल्डोले साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेलमा आराम दिइएको थियो।

त्यसपछि उनले अल नासरका लागि कुल ८ खेल खेलेका छन्। साउदी प्रो लिग अन्तर्गत ६ र एएफसी च्याम्पियन्स लिग क्वालिफाइयर र एएफसी च्याम्पियन्स लिग अन्तर्गत एक-एक गरी उनले ८ खेल खेलेका हुन्।

यस बीचमा रोनाल्डोले ९ गोल गरिसकेका छन् भने ५ असिस्ट दिसकेका छन्। रोनाल्डो साउदी प्रो लिगको शिर्ष गोलकर्ता पनि रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *